धनगढीः धनगढीबाट एक फरार प्रतिवादी पक्राउ परेका छन्। सोमवार धनगढी उपमहानगरपालिका–७ बेलीका ३६ वर्षीय मेलाराम रानालाई पक्राउ गरिएको हो। उनी चेक अनादर लेनदेन मुद्दामा फरार रहेका थिए।
उनलाई धनगढी–२ सन्तोषी टोलबाट जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ। कैलाली जिल्ला अदालतले २०७८÷०४÷१० गते रानालाई ५ सय जरीवाना सजाय सुनाएको थियो। आवश्यक कारवाहीका लागि उनलाई कैलाली जिल्ला अदालतमा पठाएको प्रहरीले बताएको छ।
Facebook Comments Box