धनगढी – कञ्चनपुरमा लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर १० सडकघाटबाट लागुऔषधसहित भारतको पिलिभितका सोनु सिँह र सुकदेव सिँह पक्राउ परेका हुन्।
नेपाल भारत सीमा क्षेत्रबाट मोटरसाईकलमा सवार उनीहरु १० दशमलव ३६ ग्राम खैरो हिरोइनसहित पक्राउ परेका हुन्। प्रदेश प्रहरीको आरआइटी र इलाका प्रहरी कार्यालय बेलडाडी तथा प्रहरी चौकी भुडाको प्रहरी समूहले उनीहरुलाई पक्राउ गरेको हो।
उनीहरुलाई कानूनी कारबाहीका लागि प्रकृया थालिएको कञ्चनपुर प्रहरीले बताएको छ।
Facebook Comments Box