काठमाडौं: एलओडी क्लबका दुई महिला कामदारलाई बलात्कार गरेको आरोपमा दुई जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ।
खोटाङको बाह्र पोखरी गाउँपालिका-२ स्थायी घर भई काठमाडौंको नयाँ बजार बस्ने ३१ वर्षीय लोकबहादुर मगर र काठमाडौंको गोकर्णेश्वर नगरपालिका-२ स्थायी घर भएका ३२ वर्षीय माइला भन्ने रामकुमार श्रेष्ठविरुद्ध मुद्दा दायर भएको हो।
पीडितहरुले आफूहरुलाई सोह्रखुट्टेमा लागि खाजा खुवाउने बेला र एक होटेलमा गरि ९ क्वाटर रक्सी(गोल्डेन ओक) खुवाएर झ्याप बनाएको बताएका छन्। आरोपितहरुले ट्याब्लेटसमेत खुवाएर बलात्कार गरेको पीडितको बयानमा उल्लेख छ।
प्रहरीले उक्त घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।
Facebook Comments Box