काठमाडौं: ‘प्रोफाइल लक’ फिचरले तपाईंले अपलोड गरेका सबै पोस्ट बाह्य प्रोफाइलले नदेख्ने गरी हाइड गरेको हुन्छ। त्यस्तै प्रोफाइल लक गरेको अकाउन्टको प्रोफाइलको स्क्रिनशट पनि कसैले लिन सक्दैन।
फेसबुकले प्रयोगकर्ताको गोपनीयता सुरक्षित राख्न तीन वर्षअघि भारतमा ‘प्रोफाइल लक’ फिचर सार्वजनिक गरेको थियो।
नेपालमा भने फेसबुकले औपचारिक रूपमा ‘प्रोफाइल लक फिचर’ उपलब्ध गराएको सूचना निकालेको छैन। पछिल्लो समय नेपालमा केही प्रयोगकर्ताको आफ्नो अकाउन्टमा प्रोफाइल लकको अप्सन देखिन थालेको छ।
कसरे गर्ने लक ?
सबैभन्दा पहिले फेसबुक एप खोल्नुहोस् ।
-त्यसपछि माथि दायाँपट्टि भएको प्रोफाइलको आइकनमा गई आफ्नो नाममा ट्याप गर्नुहोस् ।
-अनि, एड टु स्टोरीको बक्सको छेउमा रहेको तीन ओटा थोप्लोमा ट्याप गर्नुहोस् ।
-र, त्यहाँ ‘लक प्रोफाइल’ को अप्सन देखिएको छ भने तपाईंले आफ्नो प्रोफाइलमा सो फिचर उपलब्ध छ भन्ने बुझ्न सक्नुहुन्छ ।
-यदि उक्त फिचर इनेबल गर्न चाहनु हुन्छ भने लक प्रोफाइल अप्सनमा ट्याप गर्नुहोस् ।
-अनि तलपट्टि रहेको ‘लक योर प्रोफाइल’ अप्सनमा ट्याप गर्नुहोस् ।
-अब तपाईंको प्रोफाइल लक हुन्छ ।