काठमाडौँ: भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार मध्य प्रदेशको इन्दौर पुगेका छन् ।
प्रधानमन्त्री प्रचण्डलाई मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले स्वागत गरेका छन् । सो अवसरमा मुख्यमन्त्री चौहानले ढाका टोपी लगाएका थिए ।
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली इन्दौरबाट उज्जैनका लागि प्रस्थान गरेको छ । उज्जैन भारतको धेरै पुरानो सांस्कृतिक सहर हो। जहाँ राजा विक्रमादित्यले शासन गरेका थिए । उनै राजाले विक्रम सम्बत को सुरुवात गरेका थिए ।
Facebook Comments Box