कञ्चनपुर: कञ्चनपुरमा बयलगाडाले च्यापियर नाबालकको मृत्यु भएको छ । जिल्लाको बेलौरी नगरपालिका–५ रामनगरमा अमरसिंह चौधरीका दुई वर्षीय छोरा रेगमसिंह चौधरीको बयलगाडाले च्यापिएर मृत्यु भएको हो ।
प्रहरीका अनुसार आफ्नै घर आँगनमा राखिएको बयलगाडामा खेल्दा बयलगाडाको अगाडिको भाग उठ्न गई पछाडीको भागमुनी च्यापिएर रेगम घाइते भएका थिए ।
उनलाई उपचारका लागि धनगढीस्थित निर्सग अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलौरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
Facebook Comments Box