काठमाडौँ: भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इन्दौरको उज्जैन पुगेका छन् । महाकालेश्वर मन्दिरमा उनलाई मध्यप्रदेशका राज्यपाल मंगु पटेल र प्रदेश सरकारका मन्त्री मोहन यादवले स्वागत गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले पत्नी सीता दाहालको स्वास्थ्य लाभको कामनासहित उज्जैनस्थित महाकाल बाबाको मन्दिरमा विशेष पूजा गरेका छन् । उनले महाकाल बाबाको गर्भ गृहमा पत्नीको स्वास्थ्यलाभको कामनासहित विशेष पूजा गरेको बताइएको छ ।
महाकालेश्वर दर्शनका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपालबाटै लगेको १०० रुद्राक्ष र नगद ५१ हजार रुपैयाँ चढाएको बताइएको छ ।
Facebook Comments Box