बैतडी: बैतडीमा एकल महिलाहरुलाई बाख्रा वितरण गरिएको छ । जिल्लाको मेलौली नगरपालिका २ का १५ जना एकल महिलालाई बाख्रा वितरण गरिएको हो ।
उनीहरुलाई एक/एक बाख्रा वितरण गरिएको छ । आयआर्जनमा टेवा पुगोस् भन्ने उद्देश्यले भेटेरेनरी तथा पशु सेवा विज्ञ केन्द्र पाटनको सहयोगमा बाख्रा वितरण गरिएको बताइएको छ ।
पशु सेवा विज्ञ केन्द्रले जिल्लाका प्रत्येक पालिकाका एक वडामा बाख्रा वितरण गर्दैछ ।
Facebook Comments Box