धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकबाट २४ जेठमा प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।
सभामुख भीमबहादुर भण्डारीले नीति तथा कार्यक्रम सम्बन्धी प्रदेशसभामा निर्णयार्थ पेश गरेको प्रस्तावको पक्षमा सत्तारुढ गठबन्धनका बहुमत प्रदेशसभा सदस्य देखिएपछि बहुमतले पारित भएको घोषणा गरेका हुन् । नीति तथा कार्यक्रम बहुमतले पारित भएसँगै सरकारलाई बजेट ल्याउने बाटो खुलेको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले बताए ।
Facebook Comments Box