धनगढी : कैलालीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्।
जिल्लाको जानकी गाउँपालिका–१ दुर्गौलीबाट वडा नम्बर २ परागीपुरका २० वर्षीय अर्जुन चौधरी लागुऔषधसहित पक्राउ परेका हुन्। ११० मिलिग्राम लागुऔषधसहित चौधरी पक्राउ परेको प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित चौधरीलाई मंगलबार दिउँसो पक्राउ गरेको हो।
Facebook Comments Box