धनगढी : धनगढी उपमहानगरपालिकामा सेवाग्राहीका लागि खानेपानी, टिभी र फ्रि वाइफाई गरिएको छ। महानगरपालिकाले स्थापना गरेको सेवाग्राही कक्षको सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले उद्घाटन गरेका हुन्।
सेवाग्राही कक्षमा दुई वटा एसी र ६ वटा पंखा जडान गरिएका छन्। बस्नका लागि सोफा, चिसो र तातोपानीको व्यवस्था गरिएको छ। ६४ इञ्चको टिभी र कक्षभित्रै डिजिटल नागरिक वडापत्र पनि राखिएको छ।
उपमहानगरपालिकाको २२ लाख ५१ हजार तीन सय ६१ रुपैयाँको लागतमा निर्माण गरिएको प्रतिक्षालयमा पानी, डिजिटल नागरिक वडापत्र, एसी, टेलिभिजन र निःशुल्क वाईफाईको व्यवस्था पनि गरिएको छ।
नगरप्रमुख गोपाल हमालले चालू आर्थिक वर्षको बजेटबाट प्रतिक्षालय निर्माण गरिएको बताए।
Facebook Comments Box