कञ्चनपुर: कञ्चनपुरको पुनर्वास नगरपालिकामा जैविक तटबन्ध निर्माण भइरहेको छ। पुनर्वास नगरपालिका ९ सिताबस्तीका स्थानीय वासिन्दा, नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ कञ्चनपुर र मर्सिकोर नेपालको संयुक्त साझेदारीमा उक्त तटबन्ध निर्माण गरिन लागेको हो।
मविपत् जोखिम व्यवस्थापन परियोजनाअन्र्तगत भू–क्षय रोक्नका लागि दोदा नदीमा जैविक तटबन्ध निर्माण भइरहेको बताइएको छ।
जैविक तटबन्ध निर्माणको कार्यले नदीले भू–क्षय रोकथाममा टेवा पुग्ने आशा गरिएको छ। पाँच सय मिटर जैविक तटबन्ध निर्माणको कार्यमा नगरपालिकाको आर्थिक सहयोग र स्थानीय बासिन्दाको श्रमदान रहेको छ। – रासस
Facebook Comments Box