बैतडी: बैतडीमा वन अतिक्रमण गरेर बनेका घर भत्काइएको छ। जिल्लाको मेलौली नगरपालिकामा सामुदायिक वन अतिक्रमण गरेर बनेका २७ ओटा घर भत्काइएको हो।
मेलौलीको- ७ चापछाड सामुदायिक वन र ८ को कोटीगाउँ सामुदायिक वन अतिक्रमण गरि बनेका घर भत्काइएका डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीम प्रसाद कंडेलले बताए।
कानून विपरित वन अतिक्रमण गरेर बनेका घर भत्काइएका उनले बताए। वन कार्यालयले यस अघि दुई पटक घर खालि गर्न १५ दिनको सूचना जारी गरेको थियो।
सूचनाको अवज्ञा गरिएपछि अहिले घर भत्काइएका छन्।
Facebook Comments Box