दोहा: पछिल्लो समय वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका नेपाली कामदार बेपत्ता हुनेक्रम बढेको छ।
क्वालालम्पुरस्थित नेपाली दूतावासले हरेक हप्ता जस्तै मलेसियामा नेपाली कामदार बेपत्ता भएको भन्दै खोजी गर्न त्यहाँ रहेका विभिन्न नेपाली संघ संस्थालाई आग्रह गर्ने गरेको छ।
दूतावासले दुई जना नेपाली कामदार बेपत्ता भएको सूचना आफ्नो आधिकारिक फेसबुक पेजमा राखेको छ।
दूतावासका अनुसार बेपत्ता हुनेमा मुसिकोट नगरपालिका वडा नम्बर ९, दासिकोट, गुल्मी स्थायी निवासी कृष्णबहादुर विक र सिनुरजोडा–१, धनुषा स्थायी निवासी मो. कुर्मान सेख छन्। दूतावासले बेपत्ता नेपालीको खोजीकार्यमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ।
Facebook Comments Box