काठमाडौँ: हालै वैवाहिक बन्धनमा बाँधिएकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् सोविता गौतमले कानुन बनाउने तहका सांसदहरूको ‘तलब, सेवा–सुविधा’ पर्याप्त नभएको बताएकी छन् ।
कानुन तर्जुमा गर्न पर्याप्त ज्ञान हुनुपर्ने र विज्ञता खियाउनुपर्ने उल्लेख गर्दै उनले नेपाल सरकारले दिएको तलवमा खोजअनुसन्धान गरेर प्रस्तुति दिन असम्भव रहेको बताएकी हुन् ।
एक अन्तरवार्ताका क्रममा उनले सरकारले दिएको न्यून सेवासुविधाकै कारण राम्रो तयारी गर्न नसकिएको दाबी गरेकी छन् । उनले भनिन्, ‘नट इनफ ! एउटा स्वकीय सचिव हुन्छ । सांसद भनेपछि सबै कुरा म्यानेज गरिदिन सक्छ भन्ने खालको एउटा कन्सेप्ट छ ।’
उनले दुर्गम क्षेत्रबाट निर्वाचित भएका सांसदहरुको दुखेसो पनि पोखेकी छन् । ती सांसदहरुलाई राजधानीमा खान बस्न नै हम्मेहम्मे परेको उनको भनाइ छ ।
Facebook Comments Box