धनगढी: धनगढीमा मंगलवार राति मोटरसाइकल दुर्घटनामा परी घाइते भएका एक पुरुषको मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा से.७ प ५४८६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा धनगढी–१७ का ४५ वर्षीय धनिराम चौधरी घाइते भएका थिए ।
उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
Facebook Comments Box