कञ्चनपुर: यस वर्षको मनसुन नेपाल भित्रिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यस वर्ष एक दिन ढिला गरी भित्रिएको हो ।
बुधवार पूर्वी नेपालबाट नेपाल भित्रिएको मनसुन कोशी, पूर्वी मधेश, बागमती प्रदेशका अधिकांश भू–भाग र गण्डकी प्रदेशका पूर्वी भूभागमा फैलिएको छ ।
कैलाली र कञ्चनपुरसहित देशका अन्य भू–भागमा भने केही दिनमा क्रमिक रुपमा मनसुन फैलिँदै जाने महाशाखाले जनाएको छ ।
Facebook Comments Box