डडेल्धुरा: डडेल्धुराकै पहिलो आफ्नो एफएमले आफ्नो १६औं वार्षिकउत्सव मनाएको छ। एफएमले जिल्ला कारागारमा रहेका कैदिबन्दीसँग वार्षिकउत्सव मनाएको हो।
वार्षिकउत्सवको अवसरमा एफएम परिवारले जिल्ला कारागार डडेल्धुरामा भएका १३४ जना कैदीबन्दीहरुलाई ५ थान काठको खाट, ३२ थान ज्ञानवर्दक पुस्तक , ५ थान सनसेट सोलार रेडियो र ३० किलो कुखुराको मासु र साकाकारीहरुका लागि दही सहयोग गरेको छ। उक्त सामग्री रेडियोका संयोजक बिजय कुमार मानन्धरले कारागारका प्रमुख जितेन्द्र ओझालाई हस्तान्तरण गरेका छन्।
कार्यक्रममा बोल्दै निस्ट कलेजका संस्थापक निर्देशक डा.विनोद लुहारले आफनो एफएमले समाजमा गरेको सामाजिक कामको प्रशंसा गर्दै कैदीजीवन बिताइ रहेकाहरुलाई भविष्यमा सेवा गर्न आग्रह गरेका थिए।
त्यस्तै पत्रकार महासंघका सचिव पुष्कर भण्डारीले डडेल्धुरा जिल्लाको रेडियोको पिता/माता आफ्नो एफएमले गरेको सेवाको बारेमा प्रशंसा गरेका थिए।
यस्तै हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथी सहायक प्रमुख जिल्ला अधिकारी तथा कारागारका प्रमुख जीतेन्द्र ओेझाले एफएमले जिल्ला कारागारका कैदीबन्दी लक्षित सामाजिक कार्य गरेकोमा आभार व्यक्त गरेका थिए।
यसैगरी एफएमले डडेल्धुराको पोखरामा रहेको बालगृहका बालबालिकालाई ५ बोरा खाद्यान्नसमेत वितरण गरेको थियो।
मानव विकास तथा सामुदायिक सेवाद्वारा सञ्चालित आफ्नो एफएम १६ वर्षअघिदेखि निरन्तर डडेल्धुराबाट प्रशारित भइरहेको छ। उसले आफ्नो हरेक वार्षिकउत्सव विभिन्न सामाजिक कार्य गरेर मनाइरहेको छ।