कैलाली: नदिमा डुबेर कैलालीका एक बालकको ज्यान गएको छ। जिल्लाको बर्दगोरिया गाउँपालिका-३ स्थित काँडा नदिमा डुबेर स्थानीय ९ वर्षीय अमर बिकको मृत्यु भएको हो।
बुधबार साँझ गर्मी छल्नका लागि साथीहरुसँग नुहाउन गएका उनी नदिमा डुबेको इलाका प्रहरी कार्यालय बौनियाले जनाएको छ। डुबेपछि स्थानीयले उनको उद्दार गरेका थिए। तर, उपचारका लागि अस्पताल पुगाउनु अघि उनले प्राण त्यागेको प्रहरीले जानकारी दिएको छ।
Facebook Comments Box