बझाङः बझाङमा पाँच दिनदेखि ठप्प पारिएको यातायात आजदेखि सुचारु भएको छ। नयाँ भाडादरको विषयमा यातायात व्यवसायिहरुसँग सहमती भएपछि पाँच दिनदेखि बन्द भएका लामो दुरीका सवारी साधनहरु सञ्चालन हुने भएका हुन्।
प्रदेश सरकारले निर्धारण गरेको नयाँ भाडादरका विरुद्धमा यातायात व्यवसायी रहेका थिए। उनीहरुले लामो दूरीका सवारीसाधन पाँच दिनदेखि सञ्चालन गरेका थिएनन्। केहिदिन अघि प्रदेश सरकारले प्रदेशका विभिन्न जिल्लामा चल्ने लामोदुरीका सार्वजनिक सवारी साधनको नयाँ भाडादर तोकेको थियो।
तर, प्रदेश सरकारले जारि गरेको भाडा दर लागू नगरेर अब प्रतिकिलोमिटर ४ रुपैयाँका दरले कायम गर्ने सहमति भपछि अवरुद्द यातायात आज बिहानबाट सञ्चालन हुने सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
Facebook Comments Box