कैलाली: कैलालीमा एक घरबाट प्रहरीले भरुवा बन्दुकसहितका अवैध खरखजाना बरामद गरेको छ ।
बिहीवार जिल्लाको कैलारी गाउँपालिका–८ पृथ्वीपुरका ५५ वर्षीय दयाराम चौधरीको घरबाट प्रहरीले दुई थान एकनाले भरुवा बन्दुकसहित चार डिब्बा बारुद, ३६ थान गोली, २४ वटा सिसा, आठवटा केप र एक थान कम्पास लुकाइछिपाई राखेको अवस्थामा फेला पारी बरामद गरेको हो ।
प्रहरीले चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
Facebook Comments Box