धनगढीः धनगढीको बिशालनगरमा सडक अतिक्रमण गरेर बनाइएका संरचना डोजर लगाएर भत्काउन सुरु गरिएको छ।
धनगढी उपमहानगरले सडक फराकिलो बनाउन बिशालनगर सडक आसपासका क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचना बिहीबारदेखि भत्काउन सुरु गरिएको हो।
साँघुरो सडकका कारण दुर्घटनाको जोखिम हुन थालेपछि उपमहानगरले सडक चौडा बनाउने योजना ल्याएको हो।
Facebook Comments Box