धनगढीः धनगढीको पशु सेवा तालिम केन्द्र प्रमुखले आफ्नी बुहारीलाई जागिर दिलाएका छन्। सुदूरपश्चिम सरकारको कृषि मन्त्रालय मातहतको केन्द्रका निमित्त प्रमुख चन्द्रकान्त पन्तले बुहारीलाई जागिर दिएका हुन्।
उनले २०७९ साउन १ गते आफ्नी बुहारी बिन्दु भट्टलाई कम्प्युटर अपरेटर पदमा नियुक्त गरेको खुलेको छ। पन्तले सहायक चौथो पदमा बुहारीलाई सोझै नियुक्त गरेका हुन्।
पन्तले भने बुहारीको योग्यता पुगेकाले करार नियुक्ति दिएको जनाएका छन्।
मासिक २५ हजार तलब पाउने गरी उनकी बुहारी जागिर लागेकी हुन्। बुहारीको मात्रै निवेदन परेपछि नियुक्ति दिएको पन्तको दाबी छ।
Facebook Comments Box