कञ्चनपुर: बझाङबाट महेन्द्रनगरका लागि हिंडेको बस दुर्घटना हुनबाट बालबाल बचेको छ। महाकाली यातायात समितिको बस साइड दिने क्रममा ब्रेक प्रेसर पाइप फुट्दा ठूलो दुर्घटना हुनबाट जोगिएको हो।
जयपृथ्वी राजमार्ग अन्तर्गत बित्थडचिर गाउँपालिका ८ स्थित मेल्थुम रिसोर्ट माथिको मोडमा दुर्घटनामा परेर सडक भित्तामा ठोक्किएको थियो। उकालो सडक चढ्ने क्रममा ब्रेकको प्रेसर पाइप फुटेर बस सडकको भित्तामा ठोकिएको अस्थाई ट्राफिक पोष्ट बाग्थलाले जनाएको छ।
उक्त सुपप्र ०२ ००१ ख १००३ नम्बरको दिवा सेवाको बस दुर्घटनामा पर्दा ११ जना सामान्य घाइते भएका छन्। घाइतेहरुको देउलेख प्राथमिक स्वास्थ्य केन्द्र देउलेखमा उपचार भइरहेको छ।
बसमा ३३ जना यात्रु रहेको जनाइएको छ।
Facebook Comments Box