डडेल्धुरा: डडेल्धुराको महाभारत क्षेत्रलाई प्रदेश संरक्षण क्षेत्र घोषणा गरिने भएको छ। सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो योजना सुनाएका हुन्।
‘डडेल्धुराको महाभारत र अछामको रामारोशन क्षेत्रलाई प्रदेश संरक्षण क्षेत्र घोषणा गरी एकीकृत संरक्षण तथा विकास योजना तयार पारिनेछ,’ उनले भने।
उनका अनुसार महाभारत क्षेत्रमा पर्यटकीय पूर्वाधार तयार पारी पर्यापर्यटनलाई प्रवद्र्धन गरिने छ। त्यसका लागि आवश्यक बजेट विनियोजन गरिएको आर्थिक मामिलामन्त्री शाहीले बताए।
Facebook Comments Box