धनगढीः धनगढी उपमहानगरपालिका-१ पशुपति टोलका शेख मुनिर अहमदको घर नेपाल कम्युनिष्ट पार्टीले कब्जामा लिएको छ । मुनिरको घरमा सूचना टाँस गर्दै नेपाल कम्युनिष्ट पार्टीले घर कब्जामा लिएको जनाएको हो ।
जनताको आग्रहमा घर कब्जा गरिएको जनाउँदै सूचनामा लेखिएको छ,‘सयौँ जनालाई घरबारविहीन बनाउने, कयौँलाई आत्महत्या गर्न बाध्य पार्ने तथा कयौँलाई बेपत्ता हुन बाध्य बनाउने कुख्यात मिटरव्याजी शेख मुनिर अहमदको घर जनताको आग्रह र सहभागितामा जननियन्त्रणमा लिइएको छ ।’
नेपाल कम्युनिष्ट पार्टीले अहमदलाई कुख्यात मिटरव्याजीको संज्ञा दिँदै लेखेको छ, ‘कुख्यात अपराधिका अन्य चल–अचल सम्पत्तिको सूचना पाउने बित्तिकै जफत गरिनेछ र सो सम्पत्तिको स्वामित्व पनि पीडित जनतामै रहनेछ ।’
Facebook Comments Box