धनगढी: धनगढीमा भन्सार छलीका सामान बरामद गरिएको छ । उप–महानगरपालिकाको वडा नम्बर २ ट्राफिक चौराहमा भारतबाट भन्सार छली ल्याएका नौँ हजार मूल्य बराबरका सामान बरामद गरिएको हो ।
चिनी, ललिपप, पास्ता, माउन्टेन डिउ, बिडी लगायतका सामानहरु बेवारीसे अवस्थामा फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
त्यस्तै, धनगढी–१९ थापाघाटमा भारतबाट भन्सार छली ल्याएका १० हजार मूल्य बराबरका चिनी, पास्ता बेवारिसे अवस्थामै फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box