धनगढी: कैलालीमा भन्सार छलीका २ लाख बढीका सामानसहित मोटरसाईकल फेला परेको छ।
जिल्लाको भजनी नगरपालिका–५ हलुवाघाट जंगलमा भारतबाट भन्सार छलीगरि ल्याएका जुता, चप्पल, प्लाष्टिक पाईप अन्दाजी १ लाख ६१ हजार ५० मुल्य बराबरको सामान फेला परेको छ। शनिवार इलाका प्रहरी कार्यालय भजनी र इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले सामानसहित मोटरसाईकल बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।
से.४ प.१४१२ नम्बरको मोटरसाईकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
Facebook Comments Box