धनगढीः शनिवार साँझ कैलालीको अत्तरियामा सिट्टी बजाएर प्रदर्शन गरिएको छ। गेटामा निर्माणाधिन शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक चालु संसदबाटै अनुमोदन गरिनुपर्ने लगायतका माग गर्दै अत्तरियामा सिट्टी बजाएर विरोध प्रदर्शन गरिएको हो।
शनिवार साँझ शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले विधेयक अनुमोदनसंगै गेटामा तत्काल ६ सय शैय्याको अस्पताल संचालन गरिनुपर्ने माग गर्दै सिट्टी बजाएर प्रदर्शन गरेको थियो।
संघर्ष समितिका संयोजक लोक राज पाण्डेयले गेटामा स्वास्थ्य विश्वविद्यालय स्थापनाका लागि भइरहेको चरणवद्ध आन्दोलनका कार्यक्रम अन्तरगत सरकारको कान, आँखा खोल्न सिट्टी बजाएर विरोध प्रदर्शन गरिएको बताए।
Facebook Comments Box