धनगढी: कैलालीस्थित धनगढीको एक मेडिकलबाट प्रहरीले अवैध औषधी बरामद गरेको छ।
शनिबार साँझ धनगढी उपमहानगरपालिका–१३ एयरपोर्ट मोडमा गेटा मेडिको क्लिनिक सञ्चालन गरी बस्ने डोटीको आदर्श गाउँपालिका–१ का ३० वर्षीय गणेश बागलाई अवैध औषधीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मेडिकलबाट अवैध त्रिंगा सप्ट ४७ ट्याब्लेट र एन्टिकफ ४८ पत्ता फेला पारी अवैध औषधीसहित बागलाई पक्राउ गरिएको हो।
प्रहरी चौकी कैलारीगाउँबाट खटिएको टोलीले नियन्त्रणमा लिएको बताइएको छ। उक्त विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
Facebook Comments Box