धनगढी: कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलकाे गाडी दुर्घटनामा परेको छ। बिहीबार सुर्खेतबाट फर्कने क्रममा कोहलपुर क्षेत्रमा उनको गाडी दुर्घटना भएको हो।
प्रहरीका अनुसार उनको गाडी मिनी बससँग ठोक्किएको थियो।
स्रोतका अनुसार सिडिओ अन्तर जिल्ला बैठकबाट फर्किने क्रममा गाडी दुर्घटनामा परेकाे हो। तर गाडीमा सवार चालकसहित सबैजना सकुसल रहेको बताइएको छ।
घटना बिहिवारको भएपनि आज सार्वजनिक भएको हो।
Facebook Comments Box