काठमाडौँ: भारतीय कर्मचारीहरुले नेपाली पक्षसँग समन्वय नगरी गड्डाचौकीमा नेपाली भूमी नापजाँच गरेको भन्दै छानबिन गर्न माग गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले सरकारले घटनाको सत्यतथ्य बाहिर ल्याउन छानबिन समिति गठन गर्नुपर्ने बताएका हुन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले असार १ गते इण्डियन नेशनल हाइवेको सर्वे गर्ने भन्दै कञ्चनपुरको भूमिमा भारतीय प्राविधिकहरूको टोलीले नापेको आरोप लगाए । ‘भारतीय प्राविधिकहरू नेपाल प्रवेश गर्दा पनि सीमानामा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले सुइँको समेत पाएनन्। के उनीहरूलाई जागिर खान मात्रै सीमामा खटाइएको हो म सरकारलाई प्रश्न गर्न चाहन्छु,’ उनले भने ।
Facebook Comments Box