काठमाडौं: नेकपा एमालेका सांसद तारा लामा तामाङले तराईमा गर्मी बढिरहेको र रोपाइँको सिजन चलिरहेका वेला अघोषित लोडसेडिङ नगर्न माग गरेका छन्।
हिजो प्रतिनिधिसभाको शून्य समयमा बोल्दै तामाङले भने, ‘कञ्चनपुर जिल्लाको बेलडाँडी, लालझाडी, बेलौरी र पुनर्वास क्षेत्रमा अघोषित लोडसेडिङ र विद्युत् आएको वेला पनि पावर डिमको कारण यस्तो तराईको गर्मी र रोपाइँको वेला सो क्षेत्रका जनताहरूले ठूलो सास्ती व्यहोर्नुपरेकोले सो समस्यालाई छिटोभन्दा छिटो समाधानको लागि सम्बन्धित निकायसँग जोडदार माग राख्छु।’
Facebook Comments Box