कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परेका एक व्यक्तिबाट लागुऔषध फेला परेको छ।
भीमदत्त नगरपालिका–१२ ओदालीका २७ वर्षीय शंकरदत्त भट्टको साथबाट अवैध रेक्सोजेसिक औषधीको ८ सिसी, जेनारगन २ सिसी, अवैध चरेशको २ डल्ला पाइएको प्रहरीले जनाएको छ।
भट्टले चलाएको बा७१प ३१६९ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा उनी घाइते भएका थिए। दुर्घटनापछि उद्दार गर्न पुगेको प्रहरी टोलीले उनको साथबाट ती लागुऔषधीको फेला पारेको थियो।
प्रहरीले घाइते भट्टलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताइएको छ।
Facebook Comments Box