धनगढी: प्रहरीले कैलाली र कञ्चनपुरबाट ब्राउनसुगरसहित दुईजनालाई पक्राउ गरेको छ।
आइतबार साँझ कैलालीको जानकी गाउँपालिका–४ कञ्चनपुरमा सोही ठाउँका १९ वर्षीय नबीन कठरीयालाई खानतलास गर्दा उनको साथबाट प्रहरीले दुई सय मिलिग्राम ब्राउनसुगर फेला पारेको प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले कठरियालाई पक्राउ गरेको थियो।
त्यस्तै हिजो साझनै कञ्चनपुरको बेलौरी नगरपालिका–६ हात्तीबोझामा सोही ठाउँ बस्ने २६ वर्षीय बिरेन्द्र बडायकलाई प्रहरीले भारतबाट नेपालतर्फ साईकलमा आउँदै गरेको अवस्थामा खानतलास गर्दा उनको साथबाट ०.३७ मिलिग्राम ब्राउनससगर भेटिएको प्रहरीले जनाएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको संयुक्त प्रहरी टोलीले बडायकलाई पक्राउ गरेको हो।
घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।