काठमाडौँ : प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चामा परिवर्तनका पक्षधरहरू एक ठाउँमा भएको बताएका छन् ।
समाजवादी मोर्चा घोषणा सभालाई सम्बोधन गर्दै उनले यो मोर्चाले अहिलेसम्मको उपलब्धिको रक्षा गर्ने बताए ।
उनले भने, ‘दशकौँदेखि विभिन्न खालको सङ्घर्ष र बलिदानको श्रृखलाबाट गुज्रेका पार्टी र नेताहरूलाई विचार, प्रवृत्तिलाई बदनाम गर्ने, यो परिवर्तन हजारौँ बेपत्ता र सहिदको त्याग तपस्या र बलिदान आएको परिवर्तनलाई होच्याउने, अपमान गर्ने, अराजक र प्रतिगामी प्रवृत्तिका केही मान्छेहरूले टाउको उठाउन खोजेका छन्। के कुरा साँचो हो भने यो मोर्चा तीनको विरुद्ध युद्धको घोषणा भने पक्कै हो ।’
फेरि देशलाई हिजोकै सामन्ती र निरङ्कुशता फर्काउने चाहनेहरूलाई नयाँ युद्ध भएको बताए। जनताको बलिदानबाट प्राप्त उपलब्धिलाई निस्तेज पार्न खोज्ने काम स्वीकार्य नभएको बताए ।