धनगढी : नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले अछामको एक सहकारी र तीन लगुवित्तका पोष्टर च्यातेर आगो लगाएका छन्।
ऋणीलाई विभिन्न बाहनामा दुःख दिएको भन्दै नेकपाका कार्यकर्ताले पूर्वी अछामको कमलबजार नगरपालिकास्थित किसान माइक्रोफाइनान्स, डिप्रोक्स लघुवित्त, मिरमिरे लघुवित्तको पोष्टर च्यातेका अछाम प्रहरीले बताएको छ।
वित्तीय संस्थाहरुलाई कार्वाही गर्ने पूर्वघोषित कार्यक्रम अन्तर्गत बिहीवार पूर्वी अछामका ४ वित्तीय संस्थाका पोष्टर च्यातिएको पार्टीले बताएको छ।
अछाममा यसअघि पनि नेकपाका कार्यकर्ताले छिमेक लघुवित्त र एनएमबी लघुवित्तमा तालाबन्दी गरेका थिए।
Facebook Comments Box