कैलाली: कैलालीमा एक युवकको लास फेला परेको छ। जिल्लाको कैलाली गाउँपालिकास्थित हसुलियामा ३० वर्षीय लक्ष्मीप्रसाद चौधरी मृत फेला परेका हुन्।
शुक्रबार उनको शव आफ्नै घरमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटना अनुसन्धान गर्न आफू त्यसतर्फ गइरहेको कैलाली प्रहरीका प्रहरी निरीक्षक खगेन्द्र साउँदले बताए।
Facebook Comments Box