दार्चुला: महाकाली राजमार्गको दार्चुला-गोकुलेश्वर सडक खण्ड अवरूद्ध भएको छ। गएरातिको वर्षाका कारण ढुंगामाटो खसेपछि सडक अवरुद्ध बनेको हो।
सडक अवरूद्ध भएपछि लामो तथा छोटो दूरीका यातायात अवरूद्ध भएका छन्।
दार्चुलाबाट महेन्द्रनगरका लागि हिँडेको गाडी बिहानैबाट असिगडामा रोकिएको र स्थानीय रूटमा चल्ने गाडी पनि गन्तव्यमा जान नसकिरहेको बताइएको छ।
Facebook Comments Box