धनगढी: पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दकी पत्नीको निधन भएको छ। सुदूरपश्चिमको बैतडी पुर्ख्यौली घर भएका चन्दकी पत्नी दिव्येश्वरीको ८३ वर्षको उमेरमा निधन भएको हो।
बैतडी कुरकुटया पुरख्यौली घर भएको चन्द परिवार हाल भक्तपुरको लोकन्थलीमा बस्दै आएको थियो। उच्च रक्तचाप, पक्षघात लगायत रोगबाट पीडित चन्दको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज बिहान निधन भएको परिवारका एक सदस्यले बताए।
चन्दको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ। चन्द लामो समयदेखि पक्षघातबाट पीडित थिइन्।
Facebook Comments Box