कैलाली: कैलालीमा ब्राउनसुगरसहित तीनजना पक्राउ परेका छन्।
बिहीबार साँझ जिल्ला गोदावरी नगरपालिका–४ अत्तरियाबाट सोही ठाउँ बस्ने २३ वर्षीय राजेन्द्र बोहरा र धनगढी उपमहानगरपलिका–३ का २० वर्षीय आशिष भण्डारी २ सय ६० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन्।
भण्डारीले चलाइरहेको सु.प.प्र. ०१००९ प ४९ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा बोहराको साथबाट ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ।
यस्तै बिहीबार साँझ नै धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेलमा भारतबाट नेपाल आउँदै गरेका गोदावरी नगरपालिका–२ का १९ वर्षीय योगेन्द्र देउवालाई २ ग्राम ७ सय ६० मिलिग्राम ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार शङ्काको आधारमा खानतलास गर्दा देउवाको साथबाट ब्राउनसुगर फेला परेको हो।
Facebook Comments Box