कञ्चनपुरः कञ्चनपुरमा ३ लाख बढीका भन्सार छलीका सामान भेटिएका छन् । प्रहरीले भीमदत्त नगरपालिका–१० मा २ लाख ५० हजार मूल्य बराबरका एयरफोन बेवारिसे अवस्थामा भेटाएको हो ।
त्यस्तै, जिल्लाको बेलौरी नगरपालिका–५ मैनाहामा पनि भन्सार छलीका स्याम्पु, खाने तेल, चिसो पेय पदार्थ लगायतका सामान नियन्त्रणमा लिइएको छ । अन्दाजी ६७ हजार मूल्यका सामानसहित से.७ प. ८१८६ नम्बरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएका सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकी बुझाइएको जनाइएको छ ।
Facebook Comments Box