काठमाडौँ: लोक सेवा आयोगको परीक्षामा चिट चोर्ने एक महिलालाई कारबाही गरिएको छ । शाखा अधिकृत वा सो सरहको पदको वैशाख २७ देखि २९ गतेसम्म लिइएको लिखित परीक्षामा सहभागी सृजना पन्थीलाई कारबाही गरिएको हो ।
उनलाई आगामी एक वर्षको लागि लोक सेवा आयोगबाट लिइने कुनै पनि परीक्षामा सहभागी हुन रोक लगाइएको छ । परीक्षामा पन्थीले प्रवेश पत्रको पृष्ठ भागमा परीक्षालाई सहयोग पुग्ने सामग्री उतार गरेको आयोगले जनाएको छ ।
सोही आधारमा आयोगको ऐन २०७९ को दफा ४१ को १ ९क० बमोजिमको कसुर गरेको पाइएको भन्दै उनलाई कारबाही गरिएको आयोगले जनाएको छ ।
Facebook Comments Box