काठमाडौँ: बाराको कलैया उपमहानगरपालिका २३ का वडा सदस्य राजेश शाहलाई प्रहरी चौकी इन्चार्जले कुटपिट गरेको घटना सार्वजनिक भएको छ ।
शान्ति सुरक्षाको लागि प्रहरी चौकी पुगेका वडा सदस्य शाहलाई अस्थायी प्रहरी पोस्ट शिक्षा गंगापुरका प्रमुख प्रहरी सहायक निरीक्षक वीरेन्द्र यादवले कुटपिट गरेको घटना सार्वजनिक भएको हो । यादवले प्रहरीको एआईजी मिरा चौधरी भएसम्म आफूलाई केही गर्न सक्दैन भन्दै धम्की दिएको पनि पीडित शाहले बताएका छन् ।
प्रदेश सभा सदस्य महम्द समिर, कलैया उपमहानगरपालिका प्रमुख विनोद शाह नेतृत्वको टोलीले वडा सदस्यलाई बिना कारण कुट्ने प्रहरी सहायक निरीक्षक यादवलाई कारबाही गर्न बाराका प्रहरी प्रमुख होबिन्द्र बोगटीसँग माग गरेका छन् । प्रहरी उपरिक्षक बोगटीले घटनाको छानबिन सुरु गरिसकेको बताएका छन् ।
Facebook Comments Box