काठमाडौं : मधेस प्रदेशमा लामो समयदेखि कार्यरत घुमुवा प्रहरीहरूलाई पहाडी जिल्लामा खटाईएको छ ।
प्रहरी आचरणविपरीतका गतिविधिमा संलग्न भएको आरोपमा मधेस प्रदेशका आठ जिल्लामा कार्यरत २९ जना प्रहरीलाई प्रहरी प्रधान कार्यालयले विभिन्न पहाडी जिल्लामा खटाएको हो ।
यसरी मधेसबाट हटाइएकाहरूमा धेरैजसो सादा पोसाकमा बसेर काम गर्दै आएकाहरू छन् । लामो समयदेखि पर्सामा कार्यरत वरिष्ठ नायब निरीक्षक विनोदकुमार सिंहलाई कालीकोट खटाइएको छ । बारामा कार्यरत सागरशमशेर जबरालाई रामेछाप खटाइएको छ ।
त्यस्तै, धनुषामा कार्यरत सइ नागेन्द्र राउत अहिरलाई संखुवासभा, सर्लाहीका रामरेख राय यादवलाई दोलखा, सप्तरीका सुरेशकुमार यादवलाई भोजपुरमा खटाइएको छ । अनुगमन प्रतिवेदन तथा अन्य स्रोतबाट आएका सूचनाका आधारमा उनीहरूलाई अन्यत्र जिल्लामा खटाइएको प्रहरी प्रवक्ता डिआइजी कुबेर कडायतले बताए ।
यी हुन् पहाडी जिल्लामा सरुवा गरिएका घुमुवा प्रहरी