बैतडी: बैतडीको पुर्चाैँडी नगपालिकामा सशस्त्र प्रहरीको सुरक्षा बेश क्याम्प स्थापना गरिने भएको छ । नगरपालिकाको केन्द्र हाटमा क्याम्प स्थापना गरिने भएको हो ।
गृह मन्त्रालयले अनुमति दिइसकेको र सशस्त्र प्रहरीको विभागबाट पनि अनुमति पाए छिट्टै सुरक्षा बेश क्याम्प स्थापना हुने प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै बेश क्याम्प स्थापना गर्न लागिएको हो ।
Facebook Comments Box