धनगढीः कैलालीमा बस र ट्रक ठोक्किएका छन् । जिल्लाको घोडाघोडी नगरपालिका-१० पहलमानपुरस्थित पूर्वपश्चिम राजमार्गमा बस र ट्रक एक आपसमा ठोक्किएका प्रहरीले बताएको छ ।
दुर्घटनामा घाइतेहरुको उद्धार कार्य भइरहेको कैलाली प्रहरीले जनाएको छ । घाइतेहरुलाई सुखडस्थित घोडाघोडी अस्पताल पठाइँदैछ । दुर्घटनाको कारण, गाडीको नम्बर र घाइतेको संख्या बारेमा विवरण खुलिसकेको छैन ।
Facebook Comments Box