धनगढी: आज एक स्टाटस सामाजिक संजाल फेसबुकमा निकै भाइरल भैरहेको छ। त्यो स्टाटस हो, ‘बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको प्रकरणमा संदिग्ध तत्कालीन गृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ।’
विशेषगरी नेकपा माओवादी केन्द्र, काँग्रेस सहित अन्य विभिन्न दलका नेता तथा कार्यकर्ताले यो स्टाटस हालेर भ्रम फैलाइरहेका छन्। यतिमात्र होइन, उनीहरुले प्रचण्ड सरकारले ठूलै आट गरेर पक्राउ पुर्जी जारी भएको र गृहमन्त्रीले स्याबासी पाउनुपर्ने भन्दै बढाइचढाइ गरिरहेका छन्।
तर वास्तविकतामा भने बादलका छोराविरुद्ध निर्मला प्रकरणलाई लिएर कुनै पक्राउ पुर्जी जारी भएको छैन। प्रहरी प्रधान कार्यालयले पक्राउ पुर्जीबारे कुनै जानकारी नभएको जनाएको छ।
Facebook Comments Box