काठमाडौँ: भारततर्फ जाँदै गरेको बा.१२ च ३८२० नम्बरको मारुती सुजुकी कारबाट प्रहरीले पौने २ करोडको सुन बरामद गरेको छ ।
प्रस्तावित सीमा सुरक्षा गुल्म, डण्डा,रुपन्देही मातहतको बीओपी बयरघाटले हिजो राति लुम्बिनी साँस्कृतिक नगरपालिका १३ को कालीदहमा उक्त सुन फेला पारेको हो ।
कारभित्र दुई वटा ईंट आकारको सुन लुकाएको अवस्थामा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । कारमा चालक मात्र रहेको र सो सुनको अन्दाजी मूल्य एक करोड ८८ लाख २७ हजार हुन आउने बताइएको छ ।
राति नै उक्त सुन र १५ लाख मूल्य बराबरको कार भन्सार कार्यालयलाई बुझाइएको छ ।
Facebook Comments Box