धनगढीः बेहोस हुने औषधी खुवाएर लुटपाट गरेका कैलालीका एक युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार जिल्लाको लम्कीचुहा नगरपालिका–८ का ३९ वर्षीय बसन्त दमाई पक्राउ परेका हुन् ।
कालिकोट नरहरी गाउँपालिका–९ का एक पीडितको एक लाख ४७ हजार भारतीय रुपैयाँ र एक थान मोबाइल लुटपाट गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
असार २ गते भारतबाट नेपाल आउने क्रममा भारतको हल्द्वानीमा बेहोस हुने औषधी खुवाएर पीडितबाट दमाईले नगद र मोबाइल लुटपाट गरेका थिए । उनलाई कञ्चनपुरको भीमदत्त नगरपालिका–२ बसपार्कबाट पक्राउ गरिरएको बताइएको छ ।
Facebook Comments Box